Acts 24:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पावलले ‘परमेश्‍वरको धार्मिक आज्ञाहरू मानेर काम गर्नुपर्छ, आफ्‍नो मनलाई वशमा राख्‍नुपर्छ र परमेश्‍वरले न्‍याय गर्नुहुने दिन आउँदै छ’ भन्‍ने कुरा सुनाउँदा फेलिक्‍सले आतिँदै भने, “भयो, आजलाई यति नै होस्, अब तिमी जान सक्‍छौ। मौका मिलेको बेलामा तिमीलाई फेरि बोलाउँला।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पावलले धार्मिकता, संयम र भावी इन्‍साफको विषयमा बहस गर्दा फेलिक्‍स आत्तिए, र यसो भने, “अहिलेलाई जाऊ, मौका परेको बेलामा म तिमीलाई बोलाउँला।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पावलले धार्मिकता, आत्मनियन्त्रण र आउने दिनहरूको न्यायको बारेमा वर्णन गरे, तब फेलिक्सले भयभीत भएर भने, “अहिलेलाई यति नै वर्णन काफी छ! अब तिमी गए हुन्छ। जब मलाई फुर्सद हुन्छ, म तिमीलाई फेरि बोलाउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
तर फेलिक्स डराए जब पावलले धार्मिक जीवन, आत्मा संयम र भविष्यमा हुने न्यायको विषयमा भने। फेलिक्सले भने, “अहिले जाऊ। जब मसंग समय हुन्छ म तिमीलाई फेरि बोलाउने छु।”
Nepali Tamang 2011
पावलसे थेदा परमेश्‍वरदा सेम निबा गे लतोःबा मुला ओच्‍छे ह्राङसे ह्राङदान तहरी थान्‍सी परमेश्‍वरसे लबा निसाफला बारेरी पाङ्‌मा फेलिक्‍स आत्तेब तसी पावलदा “दान्‍देदा ए निउ, तजी भिसम ङाइ एदा ङ्‌योइला” भिसी भिजी।