Acts 24:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी दुई वर्ष बित्‍यो। त्‍यसपछि फेलिक्‍सको ठाउँमा पर्किअस फेस्‍तस बडा-हाकिम भए। फेलिक्‍सले यहूदीहरूलाई खुसी पार्न पावललाई नछोडी झन् थुनामा राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर दुई वर्षपछि जब फेलिक्‍सको बदलीमा पर्किअस फेस्‍तस आए, तब फेलिक्‍सले यहूदीहरूलाई खुशी राख्‍नका निम्‍ति पावललाई झ्‍यालखानमै राखेर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब दुई वर्ष बित्यो, फेलिक्सको पदमा पोर्सियस फेस्तस आए। यहूदीहरूलाई कृपा देखाउन चाहेकाले फेलिक्सले पावललाई झ्यालखानामै छोडे।
Nepali ERV (पवित्र बाइबल)
तर दुई र्वष पछि पोर्सिअस फेस्तस राज्यपाल भए। फेलिक्स अब राज्यपाल रहेनन्। तर फेलिक्सले पावललाई कैदी नै बनाएर राखे। किनभने उनले यहूदीहरूलाई खुशी पार्न चाहन्थे।
Nepali Tamang 2011
न्‍ही दिङ लिच्‍छा फेलिक्‍सला ग्‍लारी पर्किअस फेस्‍तस भिबा हाकिम खजी। ओच्‍छे फेलिक्‍ससे यहूदीगदेदा ताङ्ना लबाला लागिरी पावलदा झ्‍याल्‍खानरीन थान्‍सी निजी।