Acts 25:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पावलले भने, “म रोमी महाराजाको न्‍यायालयको अगाडि उभिरहेको छु। यहीँ नै मेरो न्‍याय हुनुपर्छ। मैले यहूदीहरूको विरोधमा कुनै खराबी गरेको छैन भन्‍ने कुरा हजुरलाई पनि थाहा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पावलले भने, “म कैसरको न्‍याय-आसनको सामुन्‍ने खड़ा भइरहेछु, जहाँ मेरो इन्‍साफ हुनुपर्छ। यहूदीहरूलाई मैले कुनै खराबी गरेको छैनँ, सो हजूरमा राम्रै जाहेर छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पावलले जवाफ दिए: “अहिले म सिजरको अदालतसमक्ष उभिएको छु; मेरो मुद्दाको सुनुवाइ पनि यहीँ नै हुनुपर्दछ। तपाईंहरू आफैँलाई राम्रो थाहा छ, मैले यहूदीहरूका विरुद्ध केही खराबी गरेको छैनँ।
Nepali ERV (पवित्र बाइबल)
पावलले भने, “म अहिले सिजरको न्यायालय अघि उभिएकोछु, अनि यस ठाउँमा मैले न्याय पाउनु पर्छ। मैले यहूदीहरूका विरूद्ध केही गल्ती काम गरेको छैनः यो सत्य तपाईं राम्ररी जान्नु हुन्छ्।
Nepali Tamang 2011
तर पावलसे चुह्रङ् भिसी भिजी, “ङा रोमी ग्‍याल्‍बो कैसरसे निसाफ लबा ठिला ङाच्‍छा राप्‍सी चिबान मुला। थेतबासेलमा ङाला निसाफ चुरीन ततोःला। ङाइ यहूदीगदेदा तिगै नइबा गे लबा आरे भिबा ताम ह्राङदा थानोन मुला।