Acts 25:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि मैले ऐन-कानुनलाई मिचेको छु र ज्‍यानसजाय पाउनुपर्ने कुनै अपराध गरेको छु भने म मर्नलाई पनि तयार छु। तर यहूदीहरूले लगाएका कुनै पनि दोष साँचो छैन भने मलाई तिनीहरूको हातमा कसैले पनि सुम्‍पन सक्‍दैन। म रोमी महाराजाको अगाडि नै बिन्‍ती चढाउने अधिकार माग्‍छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि म अपराधी हुँ, र मैले ज्‍यानसजाय पाउने योग्‍यको काम गरेको छु भने मर्नलाई म इन्‍कार गर्दिनँ। तर यदि यिनीहरूले मलाई लगाएका अभियोगमा केही तथ्‍य छैन भने मलाई यिनीहरूका हातमा कसैले सुम्‍पन सक्‍दैन। म कैसरकहाँ अपिल गर्दछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि म मृत्युको सजाय पाउने खालको कुनै गम्भीर अपराधको दोषी छु भने म मृत्युलाई इन्कार गर्दिनँ। तर यी यहूदीहरूले मेरो विरुद्ध लगाएका आरोपहरू सत्य छैनन् भने तिनीहरूका हातमा मलाई सुम्पन कसैलाई पनि अधिकार छैन। म सिजरसमक्ष उजुर गर्दछु।”
Nepali ERV (पवित्र बाइबल)
यदि म कुनै अपराधको दोषी छु भने अनि मलाई मृत्यु दण्ड भोगाँउछ भने म मृत्यु दण्डदेखि भाग्ने प्रयास गर्ने छैन। तर ममाथि लगाईएका आरोपहरू आधारहीन निस्किए तब कुनै पनि मानिसले मलाई यी यहूदीहरूलाई सुम्पिन सक्तैन। म चाहन्छु मेरो मुद्दा सिजरले सुनी दिउन्।”
Nepali Tamang 2011
चुदे ङाइ ङादा साइतोःबाधोनाला गे लबा मुसम ङादा साइसैनोन ठीक मुला। तर ङादा यहूदीगदेसे लबा दोषला तिगै सत्‍य ताम उन्‍बारी आखम्‍सम ङादा खालैसे थेनीगदेला यारी जिम्‍मा पिन्‍बारी आम्‍याङ्। तर रोमी ग्‍याल्‍बो कैसरसेन ङाला चु मुद्दा च्‍यासी पिन्‍गै भिबा ङाला बिन्‍ती मुला।”