Acts 25:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब फेस्‍तसले उनका सल्‍लाहकारहरूसँग सल्‍लाह गरे अनि पावललाई भने, “तिमीले महाराजाको अगाडि नै बिन्‍ती चढाउने माग गर्‍यौ। त्‍यसो हुँदा म तिमीलाई महाराजाकहाँ नै पठाइदिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब फेस्‍तसले सल्‍लाहकारहरूसँग परामर्श गरेर भने, “तिमीले कैसरकहाँ अपिल गर्‍यौ, तिमी कैसरकहाँ नै जानेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो सभासँग सल्‍लाह गरेपछि फेस्तसले घोषणा गरे: “तिमीले सिजरसमक्ष उजुर गरेका छौ, त्यसैले तिमी सिजरकहाँ नै जानू।”
Nepali ERV (पवित्र बाइबल)
फेस्तसले आफ्ना महासभासंग परार्मश गरे। त्यसपछि उनले भने, “तिमी सिजरलाई उजुर गर। यसर्थ तिमी सिजरकहाँ जाऊ।”
Nepali Tamang 2011
जमाहेन्‍से फेस्‍तससे ह्राङदा सल्‍लाह पिन्‍बा म्‍हिगदेदेन छ्‌याम सल्‍लाह लसी, “एसे रोमी ग्‍याल्‍बो कैसरदा बिन्‍ती लजी। थेतबासेलमा ए रोमी ग्‍याल्‍बो कैसर मुबा ग्‍लारीन नितोःला” भिसी भिजी।