Acts 25:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मैले तिनीहरूलाई भनें, ‘मानिसलाई दोषी नठहराएसम्म रोमी सरकारको दण्ड दिने चलन छैन। दोष लगाइएको मानिसले दोष लगाउनेका अगाडि आफ्नो कुरा सुनाउने मौका पाउनुपर्छ’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अभियुक्तले अभियोक्ताहरूसँग मुखामुख नभई, र आफ्नो विरुद्धमा लाएको अभियोगको विषयमा बोल्ने मौका नपाईकन कुनै मानिसलाई त्यसै दण्डाज्ञा दिने रोमीहरूको प्रथा छैन भनी मैले तिनीहरूलाई जवाफ दिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यस बेला मैले तिनीहरूलाई भनेँ, कि कुनै पनि अभियोगीलाई आफ्नो बचाउमा बोल्ने मौका नदिई उसलाई आरोप लगाउनेहरूलाई सुम्पने प्रथा रोमी व्यवस्थामा छैन।
Nepali ERV (पवित्र बाइबल)
तर मैले तिनीहरूलाई भने, ‘जब केही दण्डनीय अपराध गरेको विरुद्धमा आरोप लगाईन्छ, रोमीहरूकोमा त्यो रीति छैन कि त्यस मानिसलाई अभियोक्ताहरूकहाँ सुम्पने। प्रथम उसलाई दोषारोपण गर्ने मानिसहरूसंग मुखामुख गराउनु पर्छ, अनि उसले ती दोषारोपनहरूको विरुद्ध स्वयं बचाऊ गर्ने मौका पाउनु पर्छ।
Nepali Tamang 2011
तर ङाइ थेनीगदेदा चुह्रङ् भिसी भिजी, ‘दोष आस्याप्तेधोना खालै म्हिदा सिबाला सजाय पिन्बा रोमीगदेला ठिम आरे। ओच्छे दोष लबा म्हिला ओन्छाङरी दोष तबा म्हिसे ह्राङला बारेरी ताम पाङ्म्याङ्तोःला।’