Acts 25:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू यहाँ आएपछि मैले ढीलो नगरी भोलिपल्‍टै पावललाई न्‍यायालयमा ल्‍याउने आज्ञा दिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरू जम्‍मा भएर यहाँ आए, मैले ढिलो नगरिकन भोलिपल्‍टै न्‍याय-आसनमा बसेर तिनलाई हाजिर गराउने हुकुम गरें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरू मसँगै यहाँ आए, तिनीहरूका मुद्दा सुन्‍नमा मैले धेरै समय लगाइनँ। यहाँ आइपुगेको भोलिपल्ट नै मैले अदालतमा त्यस मानिसलाई उपस्थित गराइयोस् भनी आदेश दिएँ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ ती यहूदीहरू म संग आए। अनि मैले समय नष्ट गरिनँ। अर्को दिन म न्याय-आसनमा बसे अनि त्यस मानिसलाई यहाँ ल्याउने आदेश दिएँ।
Nepali Tamang 2011
थेतबासेलमा थेनीगदे चुरी खमाहेन्‍से ङाइ योना लसीन न्‍हङगरदङनोन निसाफ लबा ठिरी चिसी थेदा भसी खउ भिसी कुल्‍जी।