Acts 25:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्‍ट अग्रिपास र बरनिकी ठूलो सम्‍मानमा आए। उनीहरू सेनापतिहरू र सहरका गण्‍य-मान्‍य व्‍यक्तिहरूसँग सभामा बसे। फेस्‍तसले आज्ञा दिएपछि पावललाई सभामा ल्‍याइयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोलिपल्‍ट अग्रिपास र बरनिकी बड़ो रवाफसँग सेनापतिहरू र सहरका प्रमुख मानिसहरूका साथ सभाभवनमा पसे। अनि फेस्‍तसको हुकुम पाएर पावल हाजिर गराइए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट अग्रिपा र बेर्निके ठूलो तडकभडकसाथ आए, तिनीहरू उच्‍च अधिकृतहरू र सहरका प्रमुख व्यक्तिहरू भेला भएका सभाकक्षमा पसे। फेस्तसको आदेशपछि पावल त्यहाँभित्र उपस्थित गराइए।
Nepali ERV (पवित्र बाइबल)
अर्कोदिन आग्रिपा र र्बणिस निकै गर्वकासाथ आए। तिनीहरू न्यायालयभित्र सेनापतिहरू र शहरका प्रमुख मानिसहरू लिएर पसे। अग्रिपा र र्बणिस, सैन्य अधिकारी, सिजरियाका प्रमुख मानिसहरू न्याय-कक्षमा गए। फेस्तसले सिपाहीहरूलाई पावललाई भित्र ल्याउनु भनेर हुकूम गरे
Nepali Tamang 2011
न्‍हङगरदङ अग्रिपास ग्‍लेदेन थेला आङा बरनिकी ओच्‍छे सिपाहीगदेला हाकिमगदे, शहरला मुल नेतागदेदेन छ्‌यामनोन सभा दिम न्‍हङरी वाङ्‌जी, थेरी म्‍हिगदेसे थेनीगदेदा ल्‍हानान मान लजी। जमाहेन्‍से फेस्‍तससे पावलदा भसी खउ भिसी कुल्‍बासे लमा पावलदा थेरी भजी।