Acts 25:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेस्‍तसले भने, “राजा अग्रिपास र यहाँ उपस्‍थित हुने सबै भलाद्‌मीहरू, यहूदीहरू सबैले मकहाँ उजुर गरेको मानिस यही नै हो। यो मानिसलाई मार्नुपर्छ भनी सबै यहूदीहरूले यरूशलेममा र यहाँ कैसरियामा पनि भन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेस्‍तसले भने, “राजा अग्रिपास र हामीसँग यहाँ भएका सबै उपस्‍थित सज्‍जन हो, तपाईंहरूले यस मानिसलाई देख्‍नुहुन्‍छ, जसको विषयमा सारा यहूदीहरूले ‘यो मानिस अब उप्रान्‍त जिउने योग्‍यको छैन’ भनी यरूशलेममा र यहाँ पनि मसँग बिन्‍ती गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि फेस्तसले भने: “राजा अग्रिपा र हाम्रा बीचमा उपस्थित हुनुभएका सबै भद्र जनहरू हो, तपाईंहरू यस मानिसलाई देखिरहनुभएको छ! यरूशलेममा साथै यहाँ कैसरियामा भएका सम्पूर्ण यहूदी समुदायकाले यो मानिस अब उप्रान्त बाँच्ने योग्य छैन भनी मेरो सामु जोडतोडका साथ उजुर गरेका छन्।
Nepali ERV (पवित्र बाइबल)
फेस्तसले भने, “राजा अग्रिपा र तिमीहरू सबैजना हामीसंग भेला भएका छौ, यस मानिसलाई हेर। यहाँ भएका सबैजना यहूदीहरू र यरूशलेममा भएका यहूदीहरूले यस मानिसको विरुद्ध गुनासो पोखेका छन् र कराए कि उसको बाँच्ने अधिकार छैन।
Nepali Tamang 2011
जमाहेन्‍से फेस्‍तससे चुह्रङ् भिसी भिजी, “ग्‍ले अग्रिपासदेन चुरी य्‍हाङदेन छ्‌याम मुबा जम्‍मान ज्‍योज्‍यो आलेगदे, ह्राङनीसे म्राङ्बा चु म्‍हिदा जम्‍मान यहूदीगदेसे क्रिङ्‌बान, ‘चु म्‍हिदा साइनोन तोःला’ भिसी यरूशलेमरीदेन चुरी ङादाएनोन थेसे ह्राङला ताम पाङ्बा मुबा।