Acts 25:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मैले सम्राटलाई उसको बारेमा केही पनि लेख्न सकिनँ। यसैकारण मैले उसलाई तपाईंहरूको सामुन्ने र खास गरी तपाईं राजा अग्रिपासको सामुन्नेमा ल्याउन चाहेको हुँ। तपाईंहरूले यसको जाँचबुझ गरिदिनुभयो भने मैले लेख्ने कुरो पाउँछु कि भन्ने आशा राखेको छु
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसको विषयमा मैले मेरा सम्राट्लाई लेख्ने विशेष कुरा केही छैन। यसकारण मैले यसलाई तपाईंहरूका सामुन्ने, र खास गरेर, हे राजा अग्रिपास, तपाईंको सामुन्ने ल्याएको छु, र हामीले यसको जाँच गरेपछि शायद मैले केही लेख्ने कुरा पाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर उसको बारेमा सम्राटसमक्ष लेख्नुपर्ने कुनै ठोस कुरा मसँग छैन। त्यसैले यस मानिसलाई तपाईंहरू सबैको र विशेष गरी राजा अग्रिपा तपाईंसमक्ष मैले उपस्थित गराएको छु, ताकि हामीले यसको छानबिन गरेपछि परिणाम स्वरूप केही कुरा लेख्ने आशा राखेको छु।
Nepali ERV (पवित्र बाइबल)
तर मैले उनको विषयमा सिजरलाई के लेख्ने कुनै निश्चित आधार पाइन। यसकारण उनलाई मैले तपाईंहरू सबैको समक्ष उभ्याँए। म आशान्वित छु कि तपाईंहरूको प्रश्न पश्चात तपाईंहरूले सुझावहरू मलाई दिनुहुनेछ ताकि म सिजरलाई केही लेख्न सक्छु।
Nepali Tamang 2011
चुला बारेरी ङाइ ङाला रोमी ग्याल्बोदा भ्रिसी पुइतोःबा खास ताम तिगै आरे। थेतबासेलमा ङाइ चुदा ह्राङनीला ङाच्छापट्टि ओच्छे खास लसी ह्राङ ग्ले अग्रिपासला ङाच्छापट्टि भबा मुला, दाहेन्से य्हाङसे चुदा ङ्योइबा छार्बा लमाहेन्से ङाइ भ्रिसी पुइतोःबा ताम स्याप्ला तला।