Acts 25:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आठ-दश दिनसम्‍म यरूशलेममा बसेपछि फेस्‍तस कैसरियामा फर्किए। भोलिपल्‍टै उनले न्‍याय गर्ने ठाउँमा बसेर ‘पावललाई ल्‍याउनू’ भनेर हुकुम दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका बीचमा उनी आठ-दश दिनभन्‍दा बढ़ी नबसी कैसरिया फर्के, र त्‍यसकै भोलिपल्‍ट न्‍याय-आसनमा बसेर उनले पावललाई ल्‍याउने हुकुम गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दश दिन जति बसेर फेस्तस कैसरिया गए। त्यसको भोलिपल्ट उनले अदालतको गठन गरे, र पावललाई त्यहाँ उपस्थित गराउने आदेश दिए।
Nepali ERV (पवित्र बाइबल)
फेस्तस यरूशलेममा आठ-दश दिन भन्दा धेरै बसेनन्। त्यसपछि उनी सिजरिया फर्केर गए। अर्को दिन फेस्तसले सिपाहीहरूलाई पावललाई उहाँकहाँ ल्याउनु अह्राए। फेस्तस न्याय-आसनमा बसे।
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदे मुबा ग्‍लारी फेस्‍तस भ्रेःरे च्‍युइरे भन्‍दा ल्‍हाना आचिना कैसरियारी दोःसी निजी। ओच्‍छे न्‍हङगरदङ निसाफ लबा ठिरी चिसी पावलदा भसी खउ भिसी कुल्‍जी।