Acts 25:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावलले तिनीहरूलाई जवाफ दिँदै भने, “मैले न यहूदी धर्मशास्‍त्रको विरोधमा न मन्‍दिरको विरोधमा नता रोमी महाराजाको विरोधमा नै कुनै नराम्रो काम गरेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पावलले आफ्‍नो पक्षमा बोल्‍दै भने, “मैले यहूदीहरूको व्‍यवस्‍थाको विरुद्धमा, मन्‍दिरको विरुद्धमा, र कैसरको विरुद्धमा केही अपराध गरेको छैनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि आफ्नो बचाउमा पावलले यसो भन्‍न थाले: “यहूदीहरूका व्यवस्थाका विरुद्ध वा मन्दिरका विरुद्ध वा सम्राट सिजरका विरुद्ध मैले कुनै गल्ती काम गरेको छैनँ।”
Nepali ERV (पवित्र बाइबल)
तब पावलले आफ्नो बचाऊ पक्षमा भने, “मैले यहूदीहरूको कानुन, मन्दिर अथवा सिजरको विरुद्ध कुनै काम गरेको छैन।”
Nepali Tamang 2011
जमाहेन्‍से पावलसे ह्राङला ताम पाङ्‌बान, “ङाइ यहूदीगदेदा मोशासे पिन्‍बा ठिम, परमेश्‍वरला मन्‍दिरला बिरोधरीदेन रोमी ग्‍याल्‍बो कैसरला बिरोधरी तिगै आज्‍यबा गे लबा आरे” भिसी भिजी।