Acts 26:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेममा त्‍यस्‍तै विरोध गरें। मैले मुख्‍य पूजाहारीहरूबाट अधिकार पाएर प्रभु येशूमा विश्‍वास गर्ने धेरै पवित्र जनहरूलाई थुनाएँ र उनीहरूलाई मार्ने काममा समेत सहायता गरें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले यरूशलेममा त्‍यसै गरें, र मुख्‍य पूजाहारीहरूबाट अख्‍तियार पाएर धेरै सन्‍तहरूलाई मैले झ्‍यालखानमा हालेको मात्र होइन, तर तिनीहरूलाई मार्दा तिनीहरूकै विरुद्धमा मैले मेरो मत पनि दिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मैले ठिक यही नै यरूशलेममा गरेँ। मुख्य पुजारीहरूको अधिकार लिएर धेरै पवित्र जनहरूलाई मैले झ्यालखानामा हालेँ। जब तिनीहरूलाई मारियो, तिनीहरू विरुद्ध मैले पनि सहमति जनाएको थिएँ।
Nepali ERV (पवित्र बाइबल)
अनि यरूशलेममा मैले विश्वासीहरूका विरुद्ध धेरै कामहरू गरें। मुख्य पूजाहारीहरूले ती विश्वासीहरूलाई जेलमा थुन्ने अधिकार दिएका थिए। जब येशूका विश्वासीहरू मारिए मैले यो राम्रो कुरा भयो भनेर सहमत दिएँ।
Nepali Tamang 2011
ङाइ यरूशलेमरी चुह्रङ् लसी बिरोध लजी। ङाइ परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेग्‍याम अधिकार किन्‍सी परमेश्‍वरला म्‍हिगदेदा झ्‍याल्‍खानरी झाङ्‌जी। ओच्‍छे थेनीगदेदा साइबा गेरीनोन ह्रो लजी।