Acts 26:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरैपल्ट मैले उनीहरूलाई ‘अबदेखि नासरतको येशूमा विश्वास गर्दिनँ’ भन्ने पार्नलाई सभाघरहरूमा जबरदस्ती गरेर सजाय दिन लगाएँ। म उनीहरूदेखि रिसले यति साह्रो आगो भएको थिएँ कि अरू देशका सहरहरूमा पनि गएर मैले उनीहरूलाई सताउन थालें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि सबै सभाघरहरूमा तिनीहरूलाई बारम्बार सजाय दिईकन तिनीहरूलाई विश्वास त्याग गराउने चेष्टा गर्थे। तिनीहरूका विरुद्धमा क्रोधले उन्मत्त भईकन बाहिरका सहरहरूमा पनि मैले तिनीहरूलाई सताएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई सजाय दिन म धेरै पटक एउटा सभाघरबाट अर्को सभाघर गएँ, र मैले परमेश्वरको निन्दा गर्न तिनीहरूलाई बाध्य गराएँ। तिनीहरूलाई सताउन मेरो क्रोध यस्तो थियो कि, सीमा पारिका सहरहरूमा समेत गएर तिनीहरूका खेदो गरेँ।
Nepali ERV (पवित्र बाइबल)
जम्मै सभाघरहरूमा मैले तिनीहरूलाई धेरै पल्ट येशूको विषयमा जबरजस्ती नराम्रो कुरो भनाएर दण्ड दिएँ। म यति क्रोधित थिएँ कि म विदेशका शहरहरूमा पनि तिनीहरूको खेदो लाउनु गएँ।
Nepali Tamang 2011
ओच्छे यहूदीगदे ह्रुप तबा जम्मान दिमगदेरी थेनीगदेदा ल्हानान रेम सजाय पिन्सी परमेश्वरदा बिरोध लउ भिसी कर लबा मुबा। ओच्छे थेनीगदेदेन छ्याम ल्हानान बोमो खसी ङाइ थेनीगदेदा अर्गु य्हुल्साला शहरगदेरीनोन दुख पिन्जी।