Acts 26:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे राजा, त्‍यस दिन दिउँसो बाटोमा जाँदैगर्दा घामको उज्‍यालोभन्दा पनि चहकिलो उज्‍यालो म र मेरा साथीहरूमाथि पर्‍यो र हामी सबै जमिनमा पछारियौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे राजा, मध्‍यदिनमा मैले स्‍वर्गबाट सूर्यभन्‍दा पनि उज्‍ज्‍वल ज्‍योति देखें, जो म र मसँग यात्रा गर्नेहरूका चारैतिर चम्‍किरहेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे राजा, अपरान्हको समयमा, म बाटोमा जाँदै गर्दा स्वर्गबाट आएको एउटा तेज मैले देखेँ। त्यो तेज सूर्यभन्दा बढी चहकिलो थियो, र यो मेरो र मसँग यात्रा गर्ने सङ्गीहरूको चारैतिर चम्किरहेको थियो।
Nepali ERV (पवित्र बाइबल)
हे राजन! दमीशक जाने बाटोमा मैले एउटा ज्योति आकाशबाट आइरहेको देखें। यो मध्यान्हको समय थियो। त्यसको प्रकाश सूर्यको भन्दा ज्यादा चिम्किलो थियो। त्यो प्रकाश म र मसंग जाने मानिसहरूका वरिपरि चम्कियो।
Nepali Tamang 2011
अग्रिपास ग्‍ले, ङनी निबान लमा धिनी गुङरी ङाइ स्‍वर्गग्‍याम धिनीला य्‍हाल भन्‍दा ल्‍हानान य्‍हाल खबा म्राङ्जी। थे य्‍हाल ङादेन ङाला ह्रोगदेला क्‍युर्सीन ज्‍वालङलङ तजी।