Acts 26:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब उठ, म तिमीलाई मेरो सेवक र मेरो गवाही दिने मानिस बनाउन चाहन्‍छु। यसैले म तिमीकहाँ देखा परेको हुँ। तिमीले मेरो बारे देखेका कुरा र मैले तिमीलाई पछि देखाउने कुराहरूसमेत अरू मानिसहरूलाई सुनाउनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उठ र आफ्‍ना पाउमा खड़ा होऊ, किनभने ममा तिमीले देखेका र मैले तिमीलाई देखाउने कुराका निम्‍ति सेवक र साक्षी नियुक्त गर्ने उद्देश्‍यले म तिमीकहाँ देखा परेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब तिमी उठ र आफ्ना पाउमा उभ। मेरा बारेमा तिमीले जे-जे देख्यौ, र म तिमीलाई जे-जे देखाउनेछु, ती सबैको साक्षी बन्‍ने र मेरो सेवकको रूपमा तिमीलाई नियुक्त गर्ने उद्देश्यले म तिम्रो सामु देखा परेको हुँ।
Nepali ERV (पवित्र बाइबल)
उठ अनि उभ! मैले तिमीलाई मेरो सेवक चुनेको छु। तिमी मेरो गवाही भएर मानिसहरूलाई मेरो विषयमा तिमीले के देख्यौ अनि मैले के प्रकट गर्छु सबै बातउनेछौ। यसैकारण म आज तिमीकहाँ आएँ।
Nepali Tamang 2011
‘तर रेःगो, तिग्‍दा भिसम ङाइ एदा ङाला गे लबा म्‍हिदेन ङाला साक्षी पिन्‍बा म्‍हि स्‍होबाला लागिरी ङा ए मुबा ग्‍लारी खबा हिन्‍ना। एसे ङाला बारेरी म्राङ्बा तामदेन ङाइ एदा लिच्‍छा उन्‍बा तामगदेएनोन स्‍य्‍हान्‍दो म्‍हिगदेदा थेःना लतोःला।