Acts 26:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहिले दमस्कस र यरूशलेममा अनि पूरै यहूदिया देशमा र अरू जातिको देशहरूमा पनि गएर मैले मानिसहरूलाई आ-आफ्ना पापलाई मानिलिएर परमेश्वरकहाँ फर्कनू भन्ने प्रचार गरें। परमेश्वरकहाँ फर्केको हुँ भन्ने प्रमाण आफूले गरेको कामबाट देखाउनुपर्छ भन्दै सिकाएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पहिले दमस्कसमा, तब यरूशलेममा र सारा यहूदिया देशभरि रहनेहरूलाई, र अन्यजातिहरूलाई पनि पश्चात्ताप गरेर परमेश्वरतिर फर्क र आफ्ना पश्चात्ताप योग्यका काम गर भनेर मैले प्रचार गरें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबैभन्दा पहिले दमस्कसमा हुनेहरूलाई, त्यसपछि यरूशलेम र यहूदियामा भएकाहरूलाई, र गैरयहूदीहरूलाई समेत तिनीहरूले पश्चात्ताप गर्नुपर्दछ, परमेश्वरकहाँ फर्कनुपर्दछ र आफ्ना कामहरूद्वारा तिनीहरूका पश्चात्तापलाई प्रमाणित गर्नुपर्दछ भनेर मैले प्रचार गरेँ।
Nepali ERV (पवित्र बाइबल)
मैले मानिसहरूलाई आफ्ना हृदय र जीवन शैली परिवर्तन गर भन्न थाले। उनीहरूलाई परमेश्वर प्रति र्फक र यस्तो कार्य गर जसद्वारा तिमीहरूको हृदय अनि जीवन शैली वास्तवमा परिवर्तन भएको चाल पाईनेछ भनें यी कुरा सर्वप्रथम मैले दमीशकमा भनें। त्यसपछि म यरूशलेम गएँ अनि यहूदीयाको प्रत्येक ठाउँमा गएर यी कुरा भनें। म यी कुराहरू भन्न गैर-यहूदीहरूकोमा पनि गएँ।
Nepali Tamang 2011
ङाइ ङाच्छा दमस्कसरी, जमाहेन्से यरूशलेमरीदेन यहूदिया य्हुल्सा नाङनोन चिबागदेदा, ओच्छे अर्गु य्हुलला म्हिगदेदाएनोन ह्राङ ह्राङला पाप ख्लासी परमेश्वरपट्टि दोःगो ओच्छे ह्राङ ह्राङला पाप ख्लासी परमेश्वरपट्टि दोःबा अन्छारला गे लउ भिसी थेःना लजी।