Acts 26:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर आजको दिनसम्म मैले परमेश्वरबाट नै सहायता पाइरहेको छु। त्यसैकारण म यहाँ हुनेहरू ठूला-साना सबैलाई गवाही दिँदै उभिएको छु। अगमवक्ताहरू र मोशाले समेत पछि हुन आउनेछन् भनेका कुराहरूबाहेक मैले अरू बढी कुरा केही पनि भनेको छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आजको दिनसम्म परमेश्वरबाट मैले सहायता पाएको छु। यसैले साना ठूला दुवैलाई गवाही दिँदै म यहाँ खड़ा भएको छु। अगमवक्ताहरूले र मोशाले बोलेका वचन अवश्य पूरा हुनेछन् भन्ने कुराबाहेक मैले अरू केही भनेको छैनँ—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर परमेश्वरले आजका दिनसम्म मलाई सहायता गर्नुभएको छ; त्यसकारण आज म यहाँ उभिएको छु; र साना र ठूला सबैको सामु साक्षी दिँदैछु। अगमवक्ताहरू र मोशाले हुन आउने कुराहरूका बारेमा जे भनेका थिए, त्योभन्दा बढ्ता मैले कुनै कुरा पनि भनेको छैनँ।
Nepali ERV (पवित्र बाइबल)
आज सम्म पनि मैले परमेश्वरको सहायता पाइरहेकोछु अनि यसर्थ म यहाँ उभिरहेको छु अनि जे देखे भनिरहेको छु। तर मैले नयाँ कुरा भनिरहेको छैन। मोशा र अगमवक्ताहरूले जे हुन्छ भनेका छन् म त्यही भनिरहेको छु।
Nepali Tamang 2011
तिनीधोना परमेश्वरसे ङादा ह्रो लबान मुला। थेतबासेलमा ङा चुरी राप्सी य्हुल्साला जजा घ्रेन जम्मादान चु ताम पाङ्बान मुला। ओच्छे ङाइ अगमवक्तागदेदेन मोशासे पाङ्बा ताम पूरा तनोन तला भिबा ताम बाहेक अर्गु तिगै ताम पाङ्बा आरे।