Acts 26:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावलले भनेको यी कुरा सुनेर फेस्‍तसले कराएर भने, “पावल तिमी बौलाएछौ, तिम्रो ज्ञानले तिमीलाई बौलाहा बनायो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले आफ्‍नो बचाउका यी कुराहरू बोलिरहेकैमा फेस्‍तसले ठूलो स्वरमा भने, “ए पावल, तँ बौलाहा होस्, तेरो धेरै विद्याले तँलाई बौलाहा तुल्‍याएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यति सुन्‍नसाथ पावलको भनाइलाई रोक्दै फेस्तसले ठूलो सोरमा भने, “ए पावल, तिमी बकबक गरिरहेका छौ। तिम्रो धेरै विद्याले गर्दा तिमी बहुला भएका छौ।”
Nepali ERV (पवित्र बाइबल)
पावलले आफ्नो बचाऊको लागि ती कुराहरू भनिरहेको बेला, फेस्तस चिच्यायो, “पावल तिमी पागल हौ। तिम्रो अधिक बिद्याले तिमीलाई पागल बनायो।”
Nepali Tamang 2011
पावलसे चु ताम पाङ्‌बान लमा फेस्‍तससे “पावल ए म्‍योबा हिन्‍ना, एसे ल्‍हानान पढब लबासे लमा एदा थेसेन म्‍योना लबा हिन्‍ना” भिसी घ्रेन काइ लसी पाङ्जी।