Acts 26:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावलले भने, “थोरै कुराले होस् या धेरैले— यी मेरा हातमा लगाइएका साङ्लाहरू बाहेक— हजुर मात्रै होइन, तर हजुरहरू सबै मजस्‍तै भइदिए हुन्‍थ्‍यो। यही म परमेश्‍वरसँग प्रार्थना गर्छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पावलले जवाफ दिए, “थोरै समयमा होस्‌ कि धेरैमा यी साङ्‌लाहरू छोड़ेर, हजूर मात्र होइन तर आज मेरो कुरा सुन्‍ने जति सबै मजस्‍तै होऊन्‌ भनी म परमेश्‍वरमा प्रार्थना गर्छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पावलले जवाफ दिए, “छोटो समय होस् वा लामो, म परमेश्‍वरसँग प्रार्थना गर्दछु, कि तपाईं मात्र होइन, तर मलाई बाँधिएका यी साङ्लाहरूबाहेक, आज मेरो कुरा सुनिरहनुभएका सबै जना मजस्तै हुनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
पावलले भने, “यो सजिलो अथवा अप्ठेरो मेरो निम्ति मुख्य होइन। म परमेश्वरसित प्रार्थना गर्दछु कि तपाईं मात्र किन, मलाई बाँधिएको साङलो बाहेक आजका जम्मै मेरा श्रोताहरू म जस्तै हुनेछन्।”
Nepali Tamang 2011
पावलसे “योना तसै घइसी तसैनोन चु च्‍याल्‍दागदे बाहेक, ह्राङ जे आहिन, तर तिनी ङाला ताम ङ्‌यान्‍बागदे जम्‍मान ङा ह्रङ्‌बान तगै भिसी ङाइ परमेश्‍वरदेन छ्‌याम प्रार्थना लबा मुला” भिसी जोहाब पिन्‍जी।