Acts 26:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हजुरलाई यहूदीहरूको चालचलन, रीतिरिवाज र तर्कवितर्क गर्ने कुराको बारेमा राम्ररी थाहा भएको हुनाले म आफूलाई झन् भाग्‍यमानी ठान्‍दछु। त्‍यसो हुँदा अब हजुरसँग बिन्‍ती चढाउँछु, मेरो कुरा धीरज राखेर सुनिदिनुहोला।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदीहरूका सबै प्रथा र वाद-विवादका कुरामा हजूर विशेष रूपले परिचित हुनुभएको हुनाले, मेरो बयान धैर्यपूर्वक सुनिदिनुहोस्‌ भनी म बिन्‍ती गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसै पनि विशेष गरेर यहूदीहरूका सम्पूर्ण रीतिथितिहरू र विवादहरूको बारेमा तपाईं पूर्ण परिचित हुनुहुन्छ। त्यसकारण मेरा कुराहरू ध्यानपूर्वक सुनिदिनुहुन म तपाईंलाई नम्र निवेदन गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
म अत्यन्तै खुशी छु कि म तपाईंहरूको सामुन्ने बोल्न योग्यको छु किनभने तपाईंहरू यहूदी रीतिहरू र प्रश्नहरू जुन विषयमा तिनीहरूले र्तक गर्छन सो जान्नु हुन्छ। कृपाया धैर्यसाथ मेरो कुरा सुनिदिनु होस्।
Nepali Tamang 2011
यहूदीगदेला जम्‍मान रिमठिमदेन थेनीगदे खाह्रङ्‌बाधोना मुला भिबा ह्राङदा ज्‍यना लसी था मुबासे लमा ङाला ताम आछेर्ना ज्‍यना लसी ङ्‌यान्‍सी पिन्‍गो भिबा ङाला बिन्‍ती मुला।