Acts 26:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र बाहिर जाँदा आपसमा यसो भनेर कुरा गरे, “यस मानिसले थुनिनुपर्ने वा ज्यानसजाय पाउनुपर्ने कुनै काम गरेको त रहेनछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरू निस्केपछि आपसमा यसो भन्दै कुरा गरे, “यस मानिसले प्राणदण्ड पाउने अथवा कैद जाने माफिकको केही काम गरेको छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू त्यस कोठाबाट बाहिर गएपछि, एक-अर्कासँग कुरा गर्दै भन्न थाले, “मृत्युको सजाय र जन्मकैद सजाय पाउने खालको कुनै काम यो मानिसले गरिरहेको छैन।”
Nepali ERV (पवित्र बाइबल)
सभाघर छाडेर गए अनि आपसमा यसो भन्दै बात गर्न लागे, “यो मानिसलाई मार्नु हुँदैन, जेलमा पनि राख्नु हुँदैन, साँचि नै उसले त्यस्तो नराम्रो काम गरेको छैन जसमा कि उसलाई मृत्यु दण्ड अथवा कारावास होस्।”
Nepali Tamang 2011
ओच्छे थेनीगदे थे ग्लाग्याम थोन्माहेन्से “चु म्हिसे साइनोन तोःबा अथवा झ्याल्खानरी झाङ्तोःबाधोनाला तिगै गे लबा आरेम” भिसी ह्राङ ह्राङ न्हङरी ताम लजी।