Acts 26:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे राजा अग्रिपास, त्‍यही प्रतिज्ञा पाउने आशामा हाम्रा बाह्र कुलहरूले पनि दिनरात एक चित्तले परमेश्‍वरलाई पूजा र भक्ति चढाइरहेका हुन्। मैले पनि त्‍यही आशा राखेकोले यहूदीहरूले मलाई दोष लगाएका हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा बाह्रै कुलहरूले यो आशा प्राप्‍त गर्नलाई रातदिन एक चित्तले आराधना गर्दछन्, र यही आशाको निम्‍ति, हे राजा, यहूदीहरूले मलाई दोष लगाएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो नै त्यो प्रतिज्ञा हो, जसलाई हाम्रा बाह्रै कुलहरूले पूर्ण भएको देख्ने आशा गर्दै तिनीहरूले इमानदारीसँग दिनरात परमेश्‍वरको सेवा गरिरहेका छन्। हे राजा अग्रिपा, यसै आशाका कारण आज यहूदीहरू ममाथि आरोपहरू लगाउँदैछन्।
Nepali ERV (पवित्र बाइबल)
यो प्रतिज्ञा प्राप्त गर्ने आशामा हाम्रा बाह्र जातिहरू निमग्न रात-दिन परमेश्वरको आराधना गरिरहेका छन्। हे राजान्, यही आशाको निम्ति म यी यहूदीहरूद्वारा दोषिएको हुँ।
Nepali Tamang 2011
अग्रिपास ग्‍ले य्‍हाङला च्‍युक न्‍ही वंशगदेसेन चु कबुल याङ्बाला लागिरी धिन म्‍हुननोन सेम गिक लसी परमेश्‍वरदा तेन्‍बा मुला। चुनोन कबुलरी ङाइ विश्‍वास लबासे लमा यहूदीगदेसे ङादा दोष लबा हिन्‍ना।