Acts 27:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर कप्‍तानले पावलले भनेका कुरा पत्‍याएनन्। तर तिनले जहाज चलाउने र जहाजका मालिकले भनेका कुरामा बढी पत्‍यार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कप्‍तानले पावलको कुराभन्‍दा जहाजको चालक र जहाजका मालिकलाई बेसी पत्‍यार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर सेनापतिले पावलको यो चेतावनीमा ध्यान दिनुको साटो, चालक र जहाजका मालिकको सल्‍लाहमा काम गरे।
Nepali ERV (पवित्र बाइबल)
तर जहाजका कप्तान र मालिकले पावलको कुरामा सहमत दिएनन्। यसैले सेना अधिकारीले पावलले भनेको मानेनन्। बरू उसले मालिक र जहाज कप्तानले भनेको कुरा माने।
Nepali Tamang 2011
तर सिपाहीगदेला कप्‍तानसे पावलला तामदा भन्‍दा पानी जहाज चलब लबा म्‍हिदेन पानी जहाजला धनीला ताम जे विश्‍वास लजी।