Acts 27:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जाडोको समय बिताउन त्यो बन्दरगाह राम्रो पनि थिएन। त्यसो हुँदा धेरैजसो मानिसहरू कुनै हालतले पनि त्यहाँबाट गएर फोनिक्स सहर पुग्ने कोसिसमा थिए। क्रेट टापुमा भएको त्यस फोनिक्स सहरमा चाहिँ दक्षिण-पश्चिम र उत्तर-पश्चिमतिर फर्केको बन्दरगाह थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो बन्दरगाह हिउँद काट्नलाई असुबिधा भएकोले कुनै हालतले पनि फोनिक्समा नै पुगी जाडो बिताउनुपर्छ भनेर धेरैजसोले त्यहाँबाट जहाज चलाइहाल्ने नै सल्लाह दिए। फोनिक्सचाहिँ क्रेटको एउटा बन्दरगाह हो, जो दक्षिण-पश्चिम र उत्तर-पश्चिमपट्टि फर्केको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो बन्दरगाहचाहिँ हिउँद काट्नलाई असुविधाजनक हुने भएकोले फोनिक्स पुग्ने र त्यहीँ हिउँद बिताउने आशा राख्दै निरन्तर जहाज चलाइरहने कुरा बहुमतले निर्णय गरे। फोनिक्स क्रेटको बन्दरगाह थियो, जुन दक्षिण-पश्चिम र उत्तर-पश्चिम दुवैतिर फर्केको थियो।
Nepali ERV (पवित्र बाइबल)
अनि सुरक्षित बन्दरगाहमा शीतकालमा जहाज राख्न उचित जग्गा थिएन। यसैले धेरै मानिसहरूले जहाज त्यहाँ नराख्ने निर्णय लिए। मानिसहरूले फोनिक्स जान सकिने आशा गरे। शीतकालमा जहाज त्यहाँ रोकिन अथवा रहन सक्थ्यो। फोनिक्स एउटा दक्षिण पश्चिम अनि उत्तर पश्चिम पट्टि फर्केको क्रेट टापूको शहर थियो।
Nepali Tamang 2011
चु ग्लारी सेर्खरी चिबारी गाह्रो तबासे लमा जस्तो लसीन फोनिक्स भिबा ग्लारी निसी खङ्बा ला निना लतोःला भिसी ल्हानान ह्रङ्बा म्हिगदेसे थेग्याम पानी जहाज चलब लतोःला भिसी सल्लाह पिन्जी। फोनिक्स भिबा ग्ला चा क्रेट भिबा गङला पानी जहाज थान्बा ग्ला हिन्ना। थे ग्ला चा ल्हो न्हुपदेन झ्याङ न्हुपपट्टि दोबा मुला।