Acts 27:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दक्षिणतिरबाट बिस्‍तारै हावा चल्‍न लाग्‍यो। सबै मानिसहरूले ‘अब हामी जान सक्‍छौं’ भन्‍ने सम्‍झे। तिनीहरूले अड्काएर राखेका लङ्गर निकाले र जहाजलाई क्रेट टापुको छेउ-छेउतिरबाट लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब दक्षिणी बतास मन्‍द गतिले चल्‍न थाल्‍यो, तिनीहरूको उद्देश्‍य सिद्ध भयो भन्‍ने ठानेर, लङ्गर निकाली तिनीहरू क्रेटको किनार-किनार हुँदै यात्रा गर्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दक्षिणी बतास जब मन्द गतिले चल्न थाल्यो, अनि तिनीहरूले चाहेजस्तै भइरहेको छ भन्‍ने तिनीहरूले सोचे; त्यसैले तिनीहरूले जहाजको लङ्गर उठाए, र क्रेटको किनारै-किनार हुँदै यात्रा गर्न थाले।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि, मन्द बतास दक्षिणबाट बहन थाल्यो। जहाजका मानिसहरूले भने, “यस्तै बतासको प्रतिक्षा गरिरहेका थियौं, ऐले हामीले त्यस्तै पायौं!” यसकारण तिनीहरूले लङ्गार ताने। जहाजलाई क्रेटको किनारै किनार पारेर लगे।
Nepali Tamang 2011
ल्‍होग्‍याम गोल्‍से गोल्‍से लाबा खबारी छ्‌याइमाहेन्‍से थेनीगदेसे दाहेन्‍से य्‍हाङ निखम्‍ला भिसी म्‍हन्‍जी, ओच्‍छे फाइला अङ्‌कुसी तेःसी क्रेट भिबा ग्‍लाला कुनीन कुनी निबारी छ्‌याइजी।