Acts 27:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई तानेर बल्‍ल जहाजभित्र हुलेपछि जहाज चलाउनेहरूले जहाजलाई मोटा-मोटा डोरीहरूले बलियोसँग बाँधे। अब जहाज लिबियाको किनारतिर कतै बालुवामा भासिन्‍छ कि भन्‍ने डर भयो। त्‍यसो हुँदा जहाज चलाउनेहरूले पाल झारिदिए र जहाजलाई हावाकै भरमा छोडिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसलाई माथि उठाएपछि तिनीहरूले केही उपायले जहाजलाई मुन्‍तिरबाट बाँध्‍दै ल्‍याए, र सिरटिस भन्‍ने बलौटे धापमा फसिन्‍छ भन्‍ने डरले तिनीहरूले पाल झारिदिए, र जहाज आफै बहन थाल्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूले त्यसलाई माथि उठाएपछि जहाजलाई बचाउन मुनिबाट फन्को मारेर डोरीले बाँधे। किनकि सिरटिस भन्‍ने बलौटे धापमा भासिएला भन्‍ने डरले तिनीहरूले पाल झारिदिए, र जहाजलाई आफैँ चल्न दिए।
Nepali ERV (पवित्र बाइबल)
जीवन रक्षक डुङ्गालाई जाहजमा ल्याए पछि तिनीहरूले जहाजको वरिपरि एक साथ राख्नलाई डोरीले बाँधे। तर जाहज सिरटिसको बलौटे धापमा फस्न सक्छ भनेर मानिसहरू डराए। यसैले तिनीहरूले जहाजलाई बतासले नै उठावोस् भनेर पाल मुनी झारे।
Nepali Tamang 2011
थे दोँगादा पानी जहाज न्‍हङरी झाङ्‌माहेन्‍से पानी जहाज चलब लबागदेसे पानी जहाज थान्‍होङ्‌गै भिसी पानी जहाजला क्‍युर्सीन घ्रेन छोसे खीजी। तसैनोन सिरटिस भिबा ग्‍लाला कुनीरीक्‍यार मुबा बलौटे सरी क्‍याला भिसी थेनीगदे लोङ्जी। जमाहेन्‍से पानी जहाज चलब लबागदेसे पानी जहाजला पाल तेःजी, ओच्‍छे पानी जहाजदा लाबाला भररी पुइजी।