Acts 27:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी एड्रामिटेनोस सहरबाट आएर एशिया इलाकाको धेरै बन्दरगाहहरू भएर जान लागेको पानीजहाजमा चढेर बाटो लाग्यौं। माकेडोनिया इलाकामा पर्ने थेसलोनिके सहरबाट आएका अरिस्तार्खस पनि हामीसँगै थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एड्रामिटेनोसबाट एशियाका विभिन्न बन्दरगाहहरू हुँदै जाने एउटा जहाजमा चढ़ेर हामीले यात्रा सुरु गर्यौं। अरिस्तार्खस नाउँ भएका थेसलोनिकेका एक जना माकेडोनी हाम्रा साथमा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एड्रामिटेनोसबाट एशियाका विभिन्न बन्दरगाहहरू हुँदै जाने एउटा जहाज चढेर हामीले समुद्रको आफ्नो यात्रा सुरु गर्यौँ। अरिस्तार्खस नाम भएका थेसलोनिकीका एक जना म्यासिडोनी पनि हामीसँगै थिए।
Nepali ERV (पवित्र बाइबल)
हामी एड्रमिटियमबाट आएको एशियाको विभिन्न ठाउँ हुँदै जाने जहाजमा चढयौ जुन जानु तयार थियो। हामीसंग अरिस्तार्खस थिए। तिनी म्यासिडोनियामा थिस्सलोनिकाका एक नागरिक थिए।
Nepali Tamang 2011
जमाहेन्से ङनी एड्रामिटेनोस भिबा ग्लाग्याम खसी एशियारी परब तबा पानी जहाज थान्बा ग्लागदे तबान निबा पानी जहाजरी क्रेःसी निजी। थेरी ङन्देन छ्याम माकेडोनिया अञ्चलला थेसलोनिके भिबा ग्लाला अरिस्तार्खस मिन लबा म्हि गिकएनोन मुबा।