Acts 27:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै दिनसम्‍म हामीले न घाम देख्‍यौं नता तारा नै देख्‍यौं। आँधी जोडले चलिरहेको थियो र आखिरमा बाँचौंला भन्‍ने हाम्रो आशा पनि हरायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरै दिनसम्‍म घाम, तारा केही देख्‍न पाइएन। तूफान लगातार चलिरहेकोले अन्‍त्‍यमा बाँच्‍ने आशासमेत हामीले त्‍यागिदियौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब धेरै दिनसम्म सूर्य र ताराहरू देखिएनन्, र आँधीबेहरी लगातार चलिरह्‍यो, तब हामीले बाँचौँला भन्‍ने सबै आशा नै त्यागिदियौँ।
Nepali ERV (पवित्र बाइबल)
धेरै दिनसम्म यस्तो बाक्लो आँधीले गर्दा हामीले घाम, ताराहरू केही पनि देखेनौं। आँधी एकदमै डरलाग्दो गतिमा चल्यो। हामीले बाँच्ने आशा त्यागयौं। हामी मर्ने रहेछौ भनेर सोच्यौं।
Nepali Tamang 2011
ल्‍हानान धिनधोना धिनीदेन सार तिगैनोन आम्राङ्‌नी। ओच्‍छे लाबालुङसरएनोन खबाला खबान लबासे लमा ङन्‍दा सोला भिबा आशनोन आरेबा।