Acts 27:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले खाना नखाएको धेरै दिन भइसकेको थियो। पावलले सबैका अघि उभिएर भने, “दाजुभाइहरू हो, तपाईंहरूले मेरा कुरा सुनिदिनुपर्थ्‍यो र क्रेटबाट हिँड्‍नुहुँदैनथ्‍यो। त्‍यस बेला मैले भनेको कुरा सुनिदिएको भए नता यस्‍तो दु:ख पाइन्‍थ्‍यो नता कुनै चीजबीचको नाश नै हुनेथियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरै दिनसम्‍म तिनीहरू नखाई बसेका थिए। तब पावलले तिनीहरूकहाँ आएर भने, “मित्र हो, तपाईंहरूले मेरो सल्‍लाह मानेर क्रेटबाट जहाज नचलाउनुपर्ने थियो, र यस्‍तो सङ्कष्‍ट र हानि तपाईंहरूले खप्‍नुपर्ने थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूले धेरै दिनसम्म खानेकुरा नखाई बसेपछि पावल तिनीहरू सामु उभिएर यसो भने: “मित्रहरू हो, क्रेटबाट अगाडि नबढ्ने मेरो सल्‍लाहलाई तपाईंहरूले मान्‍नुभएको भए आज तपाईंहरू यो विपत्ति र नोक्सानबाट बच्न सक्नुहुन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
धेरैदिन सम्म मानिसहरूले केही खाएनन्। तब एकदिन पावल तिनीहरू समक्ष उभिए अनि भने, “मानिसहरू हो, तिमीहरूलाई मैले क्रेट छोडनु हुँदैन भनेको थिएँ। तिमीहरूले मेरो कुरा सुन्नु पर्थ्यो। तब तिमीहरूले यस्तो प्रकारको दुःख र नोक्सान खप्नु पर्ने थिएन।
Nepali Tamang 2011
ओच्‍छे ल्‍हानान धिनधोना थेनीगदेसे तिगै आचमाहेन्‍से पावल थेनीगदेला गुङरी राप्‍सी चुह्रङ् भिसी पाङ्जी, “ह्रोगदे, ह्राङनीसे ङाला ताम ङ्‌यान्‍सी क्रेटग्‍याम पानी जहाज चलब आलबा हिन्‍सम ह्राङनीसे चुह्रङ्बा दुख नाआतोःसेला मुबा।