Acts 27:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘ए पावल, नडराऊ, तिमीले रोमी महाराजाको सामुन्‍ने जानैपर्छ र तिम्रै कारणले गर्दा परमेश्‍वरले तिमीसँग जाने सबैको रक्षा गर्नुहुनेछ’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले मलाई भने, ‘पावल, नडराऊ, तिमी कैसरको सामु अवश्‍य खड़ा हुनुपर्छ, र हेर, तिमीसँग जहाजमा चढ्‌ने जति सबैका प्राण परमेश्‍वरले तिम्रो हातमा दिनुभएको छ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि भने, ‘पावल, नडराऊ, तिमीले सिजरको सामु साक्षी दिनैपर्छ। अनि तिमीसित यात्रा गरिरहेका सबैको जीवन अनुग्रहका साथ परमेश्‍वरले तिम्रो हातमा सुम्पिदिनुभएको छ।’
Nepali ERV (पवित्र बाइबल)
उहाँले भन्नुभयो, पावल भयभीत न हौ! तिमी सिजर समक्ष उभिनै पर्छ। अनि परमेश्वरले तिम्रो खातिर तिमीसंग समुद्रयात्रा गर्नेहरू सबैलाई बचाउनु हुनेछ।’
Nepali Tamang 2011
ओच्‍छे थेसे ङादा ‘थालोङ्‍गो पावल, तिग्‍दा भिसम ए रोमी ग्‍याल्‍बो कैसर मुबा ग्‍लारी निनोन तोःला। च्‍यागो, एदेन छ्‌याम पानी जहाजरी मुबा जम्‍मान म्‍हिगदेदा परमेश्‍वरसे सोना लला’ भिसी भिजी।