Acts 27:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा उनीहरूले पानीको गहिराइ नाप्न थाले। नाप्दा चालीस मिटर जति गहिरो रहेछ। अलि पर पुगेपछि फेरि नाप्दा तीस मिटर जति मात्र रहेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र गहिराइ नापेर हेर्दा तिनीहरूले सैँतीस मिटर पत्ता लगाए, र अलि पर गएर फेरि गहिराइ नाप्दा तिनीहरूले छब्बीस मिटर पत्ता लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँनिर पानीको गहिराइ नाप्दा तिनीहरूले एक सय बीस फिट गहिरो भएको पत्ता लगाए। त्यसको केही समयपछि तिनीहरूले फेरि गहिराइ नापे, र त्यस ठाउँमा नब्बे फिटमात्रै गहिरो रहेको पाए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले डोरीको टुप्पामा एक गह्रुँ चीज बाँधेर समुद्रमा फालिदिए। त्यसो गर्दा तिनीहरूले पानीको गहिर्याई 120 फीट पता लगाए। तिनीहरू अझ केही पर सम्म गएर फेरि डोरी समुद्रमा फाले। यस पल्ट 90 फीट गहिरो पाए।
Nepali Tamang 2011
जमाहेन्से थेनीगदेसे गाते नुप्बा चीम भिसी दप्सी च्यामा बोगल गिकसे च्युक ढु मिटर नुप्बा मुबा ओच्छे जजाकी क्याथाङ निसी दोःसी दप्सी च्यामा बोगल गिकसे मिटर ढु नुप्बा मुबा।