Acts 27:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पानी थोरै भएकोले उनीहरूलाई कतै चट्टानमा जहाज ठोकिन्‍छ कि भन्‍ने डर लाग्‍यो। त्‍यसकारण उनीहरूले पछाडिका चार वटा लङ्गर खसालेर जहाजलाई अडाए अनि कहिले उज्‍यालो होला भनेर त्‍यहीँ नै पर्खिरहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि कुनै चट्टानमाथि ठक्‍कर खान पुग्‍छौं कि भन्‍ने डरले, तिनीहरूले जहाजको पछाडितिरबाट चार वटा लङ्गर खसाले, र बिहान होस्‌ भनी प्रार्थना गर्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा जहाज कुनै पनि चट्टानसँगै बजारिन सक्ने डरले जहाजको पछिल्तिरबाट तिनीहरूले चार वटा लङ्गर खसाले, र चाँडै बिहान होस् भनी प्रार्थना गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू जाहज चट्टानसंग ठोकिन पुग्ला भनेर डराइरहेका थिए। यसकारण तिनीहरूले लङ्गार फयाँके अनि तब तिनीहरूले दिनको उज्यालो आवोस भनी प्रार्थना गरे।
Nepali Tamang 2011
ओच्‍छे पानी जहाज खानङै युङबारी ठोक्‍ला भिसी लोङ्सी थेनीगदेसे पानी जहाजला ग्‍यापपट्टिग्‍याम गोर ब्‍लि फाइला अङ्‌कुसी मार पुइजी, ओच्‍छे य्‍हाल तगै भिसी प्रार्थना लबारी छ्‌याइजी।