Acts 27:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उज्‍यालो भएपछि समुद्रको कुनै किनारा देखियो, तर जहाज चलाउनेहरूले त्‍यस ठाउँलाई चिन्‍न सकेनन्। किनारामा सम्‍म ठाउँ देखेर तिनीहरूले जहाजलाई त्‍यतै लैजाने विचार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उज्‍यालो भएपछि पनि तिनीहरूले त्‍यो ठाउँ चिन्‍न सकेनन्, तर तिनीहरूले एक खाडी देखे। यसको बलौटे किनार थियो। सम्‍भव भए जहाजलाई त्‍यहीँ किनार लाउने योजना तिनीहरूले गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उज्यालो भयो, तिनीहरूले त्यो ठाउँ चिन्‍न सकेनन्; तर बलौटे किनार भएको एउटा खाडी देखेर सम्भव भएमा त्यसै ठाउँमा जहाज किनारा लगाउने तिनीहरूले निर्णय गरे।
Nepali ERV (पवित्र बाइबल)
जब उज्यालो भयो जहाज चालकहरूले जमीन देखे। तर यो कुन जग्गा हो तिनीहरूलाई थाहा भएन। यदि सम्भव भए तिनीहरूले जहाजलाई किनारमा लैजान खोज्थे।
Nepali Tamang 2011
य्‍हाल तसैनोन थेनीगदेसे थे ग्‍ला ङोआसेनी। तर थेरी थेनीगदेसे कुनी गिकरी बलौटे स म्राङ्जी। जमाहेन्‍से खम्‍तेधोना पानी जहाजदा थे कुनीरी भोर्गे भिसी थेनीगदेसे सल्‍लाह लजी।