Acts 27:40 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले लङ्गरहरूमा बाँधेका डोरीहरू काटेर लङ्गरहरू समुद्रमै छोडिदिए र जहाज खियाउने बहना बाँधिराखेका डोरीहरू पनि फुकालिदिए अनि अघिल्तिरको पाललाई माथि उठाइदिए र हावाले जहाजलाई लैजाँदा किनारातिर खियाउँदै लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले लङ्गरहरू झारिदिए, र समुद्रमा नै ती रहन दिए। त्यसै बेला पतवारहरूलाई बाँधिराखेका डोरीहरू फुकाइदिए। अगिल्तिरका पाल उठाएर बतासतिर फर्काइदिए र जहाजलाई किनारातर्फ बढ़ाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले लङ्गरहरू काटेर तल खसाए, र त्यसलाई समुद्रमै छोडिदिए। त्यस बेला पतवारहरूलाई बाँधेर राखिएको डोरीहरू पनि खोलिदिए। त्यसपछि अगाडिको पाललाई बतासको दिशातिर फर्काइदिए र जहाजलाई किनारातिर जान दिए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तिनीहरूले लङ्गारको डोरी खोलिदिए अनि त्यसलाई समुद्रमा फ्याँकी दिए। तब तिनीहरूले अघिल्तिरको पाल बतासको लागि उठाए र किनार तिर गयो।
Nepali Tamang 2011
जमाहेन्से थेनीगदेसे फाइला अङ्कुसीगदे तेःसी समुन्द्ररी भ्याङ्जी, ओच्छे पानी जहाज चलब लबा क्याबादा खीबा छोगदेएनोन ब्लसी समुन्द्ररी पुइजी। जमाहेन्से ङाच्छापट्टिला पालदा तोर ख्रेन्सी लाबापट्टि दोःसी पिन्जी, ओच्छे पानी जहाजदा कुनीपट्टि भोर्बारी छ्याइजी।