Acts 27:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हावा अघिल्तिरबाट चलेकोले हामी धेरै दिनसम्म बिस्तारै-बिस्तारै अघि बढेर बल्ल क्नीडस सहरको नजिकै पुग्यौं। त्यहाँ पुग्दा हावाले हामीलाई अझै अगाडि जान दिएन। त्यसैले हामी क्रेट टापुबाट छेकिंदै सालमोने भन्ने ठाउँबाट गयौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरै दिनसम्म बिस्तार-बिस्तार गएर कठिनतासाथ क्नीडसमा आइपुग्यौं र बतासले अझ अगि बढ्न नदिएको हुनाले क्रेटको आड़ लिएर हामी सालमोनेको छेउ-छेउ भएर गयौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धेरै दिनसम्म मन्द गतिमा हाम्रो यात्रा अगि बढ्यो र क्नीडससम्म आइपुग्न हामीलाई धेरै कठिन पर्यो। जब विपरीत दिशाबाट बगेको हावाले हामीलाई चाहेकोतिर अगाडि बढ्न दिएन, तब क्रेटको आड लिँदै हामी सालमोनेको पल्लोपट्टि हुँदै गयौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी समुन्द्रयात्रा गरेर धेरै दिनसम्म बिस्तारै हिंडी रह्यौं किनभने बतास हाम्रो मार्गको विरुद्ध चलिरहेको थियो अनि स्नाइडस् भन्ने ठाउँमा खुब कठिन साथ पुग्यौं। त्यस प्रकारले हामी धेरै टाढा जान सकेनौ। यसकारण हामी सालमोन छेउ क्रेट टापूको दक्षिण तिर लाग्यौ।
Nepali Tamang 2011
ल्हानान धिनधोना दुख नासी ङनी गोल्से गोल्से लसी क्नीडस भिबा ग्लारी धोखजी। तर लाबासे अझ ङन्दा ङाच्छा निआपुङ्बासे लमा क्रेट भिबा गङला भर लसी कुनीग्याम तबान सालमोने भिबा ग्लारी निजी।