Acts 28:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी तीन महिनापछि जुम्‍ल्‍याहा देवता भन्‍ने पानीजहाजमा चढी माल्‍टा टापुलाई छोडेर गयौं। त्‍यो जहाजचाहिँ अलेक्‍जेन्ड्रिया सहरबाट आएर जाडो मौसमभरि माल्‍टा टापुमै पर्खिरहेको रहेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तीन महिनापछि, हामी अलेक्‍जेन्ड्रियाको जहाजमा चढ़्यौं। यो जहाज हिउँदमा यसै टापूमा थियो। जहाजको अगिल्‍लो भागमा जुम्‍ल्‍याहा देवको प्रतिमा कपेको थियो
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तीन महिनापछि यसै टापुमा हिउँद काट्न आएको एउटा जहाजमा हामी चढ्यौँ। त्यो जहाज अलेक्जेन्ड्रियाको थियो, जसको अगिल्‍लो भागमा कास्टर र पोल्‍लुक्स जुम्ल्याहा देवहरूको मूर्ति खोपिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
हामी अलेक्जेन्ड्रियाबाट जहाजमा चढयौं। जहाज ठण्डा महीनाको बेला माल्टामा रहेको थियो। जहाजको अगिल्तिर जमल्याहा देवताहरूको चिन्ह थियो।
Nepali Tamang 2011
ला सोम लिच्‍छा ङनी अलेक्‍जेन्‍ड्रिया भिबा ग्‍लाग्‍याम खबा पानी जहाजरी क्रेःजी। चु पानी जहाज सेर्खरी माल्‍टा भिबा ग्‍लारीन मुबा। थे पानी जहाजला ङाच्‍छापट्टि जौल्‍या लला मूर्ति स्‍होसी थान्‍बा मुबा।