Acts 28:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभु येशूमाथि विश्वास गर्ने रोममा भएका दाजुभाइहरूले हामी आउँदै छौं भन्ने कुरा सुनेर कति जना तीन-पाटी भन्ने बजारसम्म, अनि कति जनाचाहिँ अप्पियस भन्ने बजारसम्म हामीलाई भेट्न आए। तिनीहरूलाई देख्नेबित्तिकै पावलले हौसला पाउँदै परमेश्वरलाई धन्यवाद दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँबाट हाम्रो आगमनको खबर सुनेर भाइहरू हामीलाई भेट्न अप्पियसको बजार र तीन-पाटी भन्ने ठाउँमा आएका थिए। यिनीहरूलाई देखेर पावलले परमेश्वरमा धन्यवाद चढ़ाए, र साहस पाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँका दाजुभाइ-दिदीबहिनीहरूले हाम्रो आगमनका बारेमा सुनेका थिए। त्यसैले हामीलाई भेट्न अप्पियसको बजार र तीन-पाटी भनिने ठाउँसम्म तिनीहरू आए। यी मानिसहरूलाई देखेर पावलले परमेश्वरलाई धन्यवाद चढाए, र प्रोत्साहित भए।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँका विश्वासीहरूले आइपुगेको थाहा पाए। तिनीहरू हामीलाई भेट्न अप्पियस बजार र तीन-धर्मशाला भन्ने ठाउँमा आए। जब पावलले तिनीहरूलाई देखे परमेश्वरलाई धन्यवाद दिए अनि उनि सहासी भए।
Nepali Tamang 2011
ङनी खबान मुला भिबा ताम थेःसी रोमरी मुबा विश्वासीगदे ङन्दा ह्रुप तबारी अप्पियस भिबा बजारदेन तीन पाटी भिबा शहरधोना खजी। थेनीगदेदा म्राङ्सी पावल ताङ्सी परमेश्वरदा धन्यवाद पिन्जी।