Acts 28:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीन दिनपछि पावलले रोममा बसेका यहूदीहरूका नेताहरूलाई बोलाए। तिनीहरू भेला भएपछि पावलले भने, “दाजुभाइहरू हो, मैले हाम्रो जाति र हाम्रा पिता-पुर्खादेखि चल्‍दैआएको रीतिरिवाजको विरोधमा केही नगरे पनि यहूदी दाजुभाइहरूले मलाई यरूशलेममा पक्रेर रोमीहरूको जिम्‍मामा सुम्‍पिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तीन दिनपछि पावलले यहूदीहरूका स्‍थानीय अगुवाहरूलाई बोलाइपठाए। उनीहरू जम्‍मा भएपछि तिनले उनीहरूलाई भने, “भाइ हो, मैले त आफ्‍नो देशका मानिसहरू, अथवा पिता-पुर्खाका रीतिथितिका विरुद्धमा केही काम गरेको थिइनँ। तापनि बन्‍दी भई यरूशलेमदेखि रोमीहरूका हातमा मलाई सुम्‍पेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तीन दिनपछि पावलले त्यहाँका स्थानीय यहूदी अगुवाहरूलाई बोलाए। जब तिनीहरू सबै जना जम्मा भए, तब पावलले तिनीहरूलाई भने: “मेरा दाजुभाइ-दिदीबहिनीहरू, मैले हाम्रा मानिसहरूका विरुद्धमा वा हाम्रा पुर्खाहरूको रीतिथितिका विरुद्धमा केही पनि गरेको थिइनँ; तर पनि म यरूशलेममा समातिएँ र रोमीहरूलाई सुम्पिइएँ।
Nepali ERV (पवित्र बाइबल)
तीन दिन पछि पावलले त्यहाँका मुख्य-मुख्य यहूदीहरू बोलाई पठाए। जब तिनीहरू एक साथ आए, पावलले भने, “मेरा यहूदी दाज्यु-भाइहरू! मैले हाम्रो मानिसहरूको विरुद्धमा केही गरेको छैन। न त मैले मेरा पुर्खाहरूको रीति-रिवाज विरुद्ध नै केही गरेको छु। तर मलाई यरूशेलममा पक्राइयो र रोमीलाई सुम्पिइयो।
Nepali Tamang 2011
थेरी धोखसी सोमरे लिच्‍छा पावलसे रोमला यहूदी गन्‍बागदेदा ङ्‌योइजी। ओच्‍छे थेनीगदे खमाहेन्‍से पावलसे थेनीगदेदा चुह्रङ् भिसी भिजी, “ज्‍योज्‍यो आलेगदे, ङाइ य्‍हाङला य्‍हुलला म्‍हिगदेदेन आखे म्‍हेमेला रिमठिमला बिरोधरी तिगै गे लबा आरेमुबा। तसैनोन यरूशलेमहेन्‍सेन झ्‍याल्‍खानरी झाङ्‌सी ङादा रोमीगदेला यारी जिम्‍मा पिन्‍बा मुला।