Acts 28:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर तिनीहरूले भने, “तपाईंका बारेमा हामीले यहूदिया देशबाट कुनै पत्र पनि पाएका छैनौं नता कुनै दाजुभाइहरूले आएर तपाईंको विरोधमा कुनै नराम्रो कुरा बोलेका वा हामीलाई सुनाएका नै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले तिनलाई भने, “हामीले त तपाईंको विषयमा यहूदियाबाट केही चिट्ठी पाएका छैनौं। कोही भाइहरूले आएर तपाईंको विरुद्धमा कुनै नराम्रो कुरा पनि सुनाएका वा बोलेका छैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले जवाफ दिए, “तपाईंको विषयमा लेखिएको कुनै पनि पत्र हामीले यहूदियाबाट पाएका छैनौँ र त्यतातिरबाट आउने कुनै पनि हाम्रो मानिसले तपाईंका बारेमा बयान दिएको वा कुनै पनि खराब कुरा भनेको छैन।
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूले पावललाई उत्तर दिए, “हामीले तिम्रो विषयमा यहूदियाबाट कुनै चिट्ठीहरू पाएका छैनौ। न त हाम्रा कुनै यहूदी दाज्यु-भाइहरू जो यहूदियाबाट आए केही खबरहरू नै ल्याए न तिम्रो विषयमा केही खराब भने।
Nepali Tamang 2011
जमाहेन्से थेनीगदेसे पावलदा चुह्रङ् भिसी भिजी, “ङन्से मी ह्राङला बारेरी यहूदियाग्याम तिगै खबर याङ्बा आरे। ओच्छे य्हाङला खालै यहूदी ज्योज्यो आलेगदे खसी ह्राङला बिरोधरी तिगै आज्यबा तामएनोन पाङ्बा आरे।