Acts 28:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उनीहरूले पावलका कुरा सुन्‍नलाई दिन तोके। तोकेको दिनमा पहिलो पटकभन्दा धेरै यहूदीहरू भेला भएर पावलको डेरामा आए। त्‍यस दिन पावलले बिहानदेखि बेलुकासम्‍म परमेश्‍वरको राज्‍यको बारेमा शिक्षा दिए। धर्मशास्‍त्रमा मोशा र अगमवक्ताहरूले लेखेका कुरा लिएर उनले येशूको बारेमा बुझाउँदै तिनीहरूलाई विश्‍वासमा ल्‍याउने कोसिस गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उनीहरूले तिनको निम्‍ति एउटा दिन तोकिदिए, र धेरै संख्‍यामा मानिसहरू तिनको डेरामा आए। तिनले उनीहरूलाई बिहानदेखि साँझसम्‍मै व्‍याख्‍यान दिए, र मोशाको व्‍यवस्‍था र अगमवक्ताहरूका पुस्‍तकबाट परमेश्‍वरका राज्‍यको गवाही दिए, अनि येशूको विषयमा उनीहरूलाई विश्‍वास दिलाउने चेष्‍टा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले पावलसँग भेट्ने दिन तोके, र त्यस दिन पहिलेको भन्दा पनि ठूलो संख्यामा मानिसहरू पावलको बासस्थानमा आए। उनले तिनीहरूलाई बिहानदेखि साँझसम्म गवाही दिँदै परमेश्‍वरको राज्यको वर्णन गरे। अनि मोशाको व्यवस्था र अगमवक्ताहरूका पुस्तकबाट तिनीहरूलाई येशूप्रति विश्‍वास दिलाउने प्रयत्न गरे।
Nepali ERV (पवित्र बाइबल)
पावल र यहूदीहरूले सभा गर्ने दिन रोजे। त्यस दिन धेरै जना यहूदीहरूले पावललाई घरमा भेटे। दिनभरि पावल तिनीहरूसंग बात गरिरहे। पावलले परमेश्वरको राज्यको विषयमा तिनीहरूलाई व्याख्या गरे। पावलले मोशाको व्यवस्था र अगमवक्ताहरूले लेखेका कुराहरूको उपयोग गरेर येशूको विषयमा तिनिहरूलाई विशवास गराउन खोजे।
Nepali Tamang 2011
थेतबासेलमा पावलला ताम ङ्‌यान्‍बाला लागिरी थेनीगदेसे धिन तोगब लजी। थे धिनकुनु ल्‍हानान म्‍हिगदे पावल मुबा ग्‍लारी खजी। जमाहेन्‍से पावलसे थेनीगदेदा स्‍य्‍होहेन्‍से ङ्‌यसेधोनान मोशाला ठिमदेन अगमवक्तागदेला किताबग्‍याम परमेश्‍वरला य्‍हुल्‍साला बारेरी जम्‍मान ताम घोना लसी येशूला बारेरी थेनीगदेदा विश्‍वास तना लबारी म्‍हाइजी।