Acts 28:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफू-आफूमै कुरा नमिलेर तिनीहरू त्यतिकै त्यहाँबाट हिँड्न लागे। तब पावलले तिनीहरूलाई यसो भने, “पवित्र आत्माले तपाईंहरूका पुर्खाहरूलाई भन्नुभएको कुरो साँचो छ किनभने यशैया अगमवक्ताद्वारा उहाँले यसरी बोल्नुभयो—
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू आपसमा असहमत भए, र बिदा हुन लाग्दा पावलले यो अन्तिम वक्तव्य दिए, “तिमीहरूका पिता-पुर्खालाई यशैया अगमवक्ताद्वारा पवित्र आत्माले भन्नुभएको वचन ठीकै थियो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू आपसमै यस विषयमा असहमत भएर त्यहाँबाट हिँड्न थाले। त्यो देखेर पावलले यसरी आफ्नो अन्तिम वक्तव्य दिए: “पवित्र आत्माले तपाईंका पितापुर्खाहरूलाई सत्य भन्नुभएको थियो, जब उहाँले यशैया अगमवक्ताद्वारा बोल्नुभएको थियो:
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूमा र्तक भयो। यहूदीहरू जान लागेका थिए तर पावलले अझ तिनीहरूलाई एउटा कुरा भनेः “पवित्र आत्माले यशैया अगमवक्ताको माध्यमद्वारा तिम्रा पुर्खाहरुको विषय सत्य छ भने। उनले भने,
Nepali Tamang 2011
जमाहेन्से थेनीगदे ह्राङ ह्राङ न्हङरी आढिक्ना फेसी भ्रबारी छ्याइमाहेन्से पावलसे थेनीगदेदा चुह्रङ् भिसी भिजी, “एनीगदेला आखे म्हेमेदा यशैया अगमवक्ताग्याम परमेश्वरला आत्मासे पाङ्मा ठीकनोन मुबा भिसी ह्राङला ताम जिन्ना लबान चुह्रङ् भिबारी छ्याइजी।