Acts 28:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने यी मानिसहरूको मन कठोर छ, यिनीहरूका कान बाक्ला भएका छन् अनि यिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्! नत्रता यिनीहरूले देख्नेथिए, सुन्ने थिए र मनले बुझ्नेथिए। अनि तिनीहरूले आफ्नो मन मतिर फर्काउनेथिए र म तिनीहरूलाई निको पार्नेथिएँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने यी मानिसहरूको हृदय बोधो भएको छ, र तिनीहरूका कान बहिरा भएका छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्, नत्रता तिनीहरूले आँखाले देख्नेथिए, कानले सुन्नेथिए, हृदयले बुझ्नेथिए, र फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्; आफ्ना कानले तिनीहरू मुस्किलले सुन्छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्; नत्रता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए, आफ्ना कानले तिनीहरू सुन्नेथिए, आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’
Nepali ERV (पवित्र बाइबल)
हो, यी मानिसहरूका मन बन्द छन् अहिले यी मानिसहरूका कानहरू छन् तर तिनीहरूले सुन्दैनन् अनि यी मानिसहरू सत्य हेर्न मान्दैनन्। यस्तो भएको छ, यसैले तिनीहरूले आफ्ना आँखाहरूले देख्ने छैनन, आफ्ना कानहरूले सुन्ने छैनन् आफ्ना मनले बुझ्ने छैनन्। यस्तो भएको छ यसैले तिनीहरू मपट्टि र्फकिने छैनन् । यशैया 6:9-10
Nepali Tamang 2011
तिग्दा भिसम चु म्हिगदेला सेम कोङ्बा मुला, ओच्छे थेनीगदेला नाब्यङ आथेःमुला, ओच्छे थेनीगदेसे मी च्युम्बा मुला, आहिन्सम थेनीगदेसे म्राङ्सेला मुबा, ओच्छे थेःसेला मुबा, ओच्छे घोसी सेम दोःसेला मुबा, जमाहेन्से ङाइ थेनीगदेदा खम्ना लसेला मुबा।’