Acts 28:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावलको हातमा यसरी सर्प झुण्डिएको देखेर त्यहाँका मानिसहरूले एक-अर्कासँग यस्तो कुरा गर्न लागे, “पक्का पनि यो मानिस ज्यानमारा हुनुपर्छ। समुद्रबाट उम्केर पनि दैवले यसलाई बाँच्न दिएन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँका बासिन्दाहरूले तिनको हातमा सर्प बेह्रिएको देखेर आपसमा भन्न लागे, “यो मानिस पक्का पनि ज्यानमारा नै हुनुपर्छ। यो समुद्रबाट बाँचेर त निस्क्यो तर इन्साफबाट यो उम्कन सकेन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब टापुका बासिन्दाहरूले तिनको हातमा सर्प बेह्रिएर झुण्डिएको देखे, तब तिनीहरू एक-अर्कासँग भन्न थाले, “यो मानिस पक्कै पनि हत्यारा हुनुपर्दछ; किनकि समुद्रको सङ्कटबाट उम्के तापनि न्यायकी देवीबाट अब यो बाँच्नेछैन।”
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ बस्नेहरूले पावलको हातमा साँप झुण्डिरहेको देखे। तिनीहरूले भने, “यो मान्छे हत्यारा हुनै पर्छ। उ पानीमा मरेन, तर न्यायले उसलाई बाँच्न दिएन।”
Nepali Tamang 2011
थे ग्लाला म्हिगदेसे पावलला यारी पुख्रीसे जिबा म्राङ्सी, “चु म्हि पक्कान म्हि साइबा म्हि चीम। चु म्हि समुन्द्रग्यामसेम जोगब तसी खजी। तर ल लुला निसाफग्याम चा स्योर आम्याङ्नी” भिसी ह्राङ ह्राङ न्हङरी पाङ्जी।