Acts 28:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँका मानिसहरूले ‘पावल अलि बेरमा विषले सुनिएर मर्नेछन्’ भनी हेरिरहे। तर धेरै बेरपछि पनि उनलाई केही पनि भएन। यो देखेर तिनीहरूको विचार फेरियो र छक्‍क पर्दै तिनीहरूले भने, “यिनी त देवता पो रहेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनको शरीर सुनिनेछ, अथवा तिनी एक्‍कासि ढलेर मर्नेछन्‌ भनी तिनीहरूले प्रतीक्षा गर्न लागे। तर धेरै बेरसम्‍म प्रतीक्षा गरिरहँदा पनि तिनको केही बिगार नभएको देखेर तिनीहरूले आफ्‍नो विचार बद्‌लेर भन्‍न लागे, “यिनी त देवता पो रहेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूले तिनको शरीर सुनिएर वा अकस्मात् भुइँमा लडेर मर्लान् भनी ठानेका थिए; तर धेरै बेरसम्म पर्खिंदा पनि उनलाई त्यस्तो कुनै बिगार नभएको देखेपछि तिनीहरूको सोच बदलियो र उनलाई देवता भन्‍न थाले।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले सोचे कि पावल सुनिन्छ, अथवा हटात लडेर मर्छ। तिनीहरूले निक्कै बेरसम्म पावललाई हेरे र मर्छ कि भनी र्पखिरहे तर त्यस्तो कुनै नराम्रो घटना घटेन। यसकारण पावलप्रतिको आफ्नो धारणा मानिसहरूले बद्ली गरे। तिनीहरूले भने, “उनी परमेश्वर हुन्!”
Nepali Tamang 2011
जमाहेन्‍से थेरी मुबा म्‍हिगदेसे पावलदा थे पुख्रीला बिखसे टाङ्सी तिक्‍खुरीन ह्रिल्‍सी सिला भिसी च्‍याबारी छ्‌याइजी। तसैनोन ल्‍हानान धुइधोना थेदा तिगै आतबा म्राङ्सी थेनीगदेसे ङाच्‍छा म्‍हन्‍बा ताम आहिन्‍बा चीम “तर चु मी ल चीम” भिसी भिजी।