Acts 28:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला पब्लियसका बुबालाई ज्वरो आएको र आउँ परेको थियो। त्यसो हुँदा पावल पब्लियसको बुबाको कोठामा गए अनि प्रार्थना गरेर आफ्ना हात बिरामीमाथि राखेपछि उनी निको भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पब्लियसका बुबा जरो र आउँको रोगले बिरामी थिए। पावल तिनलाई हेर्न गए, र तिनको लागि प्रार्थना गरे, र आफ्नो हात तिनीमाथि राखी तिनलाई निको पारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनका बुबा आउँमासी र ज्वरोले गर्दा बिछ्यौनामा परेका थिए। तिनलाई हेर्न पावल भित्र कोठामा गए, र त्यहाँ प्रार्थना गरेपछि तिनले आफ्नो हात बिरामीमाथि राखेर तिनलाई निको पारे।
Nepali ERV (पवित्र बाइबल)
पब्लियसको बाबु बिमार थिए। उनी ज्वरो र रगत मासीले थलो परेका थिए। तर पावल उनीकहाँ गए अनि प्रार्थना गरे। प्रार्थना पछि उनले आफ्नो हातहरू उनीमाथि राखीदिए र निको पारे।
Nepali Tamang 2011
थे धुइरी पब्लियसला आबा मासी तसी छवा खसी आखम्बा मुबा। पावल थेदा च्याबारी निजी, ओच्छे थेथोरी या थान्सी प्रार्थना लसी थेदा खम्ना लजी।