Acts 3:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो निको भएको मानिस सोलोमन भन्‍ने दलानमा पत्रुस र यूहन्‍नाको पछि-पछि लागेको देखेर सबै अचम्‍म मान्‍दै दगुरेर आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो मानिस पत्रुस र यूहन्‍नाको पछिपछि लागेको देखेर सबै मानिसहरू अति अचम्‍म मान्‍दै सोलोमन नामक दलानमा एकसाथ तिनीहरूकहाँ दगुरी आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो भीख माग्नेले पत्रुस र यूहन्‍नालाई समातेर आएको देखेर त्यहाँ भएका सबै मानिसहरू आश्‍चर्यमा परे। तिनीहरू मन्दिरभित्रको सोलोमन नामको दलानमा दगुर्दै आए।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिसले पत्रुस र यूहन्नालाई लगातर समाति रहयो। सबै मानिसहरू चकित भएका थिए कारण त्यो लङ्गडो मानिस निको भएको थियो। तिनीहरू पत्रुस र यूहन्ना भएको सुलेमानको दलानमा दगुरे।
Nepali Tamang 2011
थे म्‍हिसे पत्रुसदेन यूहन्‍नादा चुङ्सी भ्रबा म्राङ्सी म्‍हिगदे ल्‍हानान उदेक तसी सोलोमन भिबा दलानरी यार्बान थेनीगदे मुबा ग्‍लारी खजी।