Acts 3:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मानिसहरूलाई देखेर पत्रुसले भने, “हे इस्राएली दाजुभाइ हो, तपाईंहरू किन यस कुरामा अचम्म मानेर हामीलाई हेरिरहनुहुन्छ? के तपाईंहरूले हामीले यिनलाई आफ्नो शक्ति र भक्तिले नै हिँड्ने गराएका हौं भन्ने सम्झनुहुन्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो देखेर पत्रुसले मानिसहरूलाई भने, “इस्राएलका मानिस हो, यस कुरामा तपाईंहरू किन अचम्म मान्नुहुन्छ? अथवा हाम्रो आफ्नै शक्ति वा भक्तिद्वारा हामीले यसलाई हिँड्ने तुल्याएजस्तै किन वाल्ल परेर हामीलाई हेर्नुहुन्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो देखेर पत्रुसले तिनीहरूलाई यसो भने: “हे इस्राएलका मानिसहरू हो, यस कुरामा तपाईंहरू किन आश्चर्यचकित मान्नुहुन्छ? मानौँ हाम्रा आफ्नै शक्ति वा भक्तिद्वारा हामीले यस मानिसलाई हिँडाउन सकेको भनी ठान्दै, किन तपाईंहरू हामीलाई आश्चर्यका साथ हेर्दै हुनुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
जब पत्रुसले यस्तो देखे, उनले मानिसहरूलाई भने, “मेरा यहूदी दाज्यु-भाइहरू हो! तिमीहरू किन यसमा अचम्भ मानिरहेका छौ?” तिमीहरूले हामीलाई यस्तो प्रकारले हेरिरहेकाछौ कि मानौं, हामीले हाम्रो शक्ति र भक्तिले त्यो मानिसलाई हिंड्ने सामर्थ बनायौ।
Nepali Tamang 2011
चु म्राङ्सी पत्रुससे म्हिगदेदा चुह्रङ् भिसी भिजी, “इस्राएलला म्हिगदे, ह्राङनी तिग्दा चु तामरी उदेक म्हन्बा? तिग ङन्से ह्राङलान शक्तिदेन परमेश्वरदा तेन्बासे लमा चु म्हिदा भ्रना लखम्बा ह्रङ् छोर्सी ट्वल्ल तसी ङन्दा च्याबा?