Acts 3:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूमाथि भरोसा गरेको हुनाले लङ्गडाले बल पायो। येशूको नाउँ सुनेर यिनको हृदयमा विश्‍वास जाग्‍यो अनि यिनको विश्‍वासले गर्दा अब तपाईंहरूले यिनलाई पूरै निको भएको देख्‍दै हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको नाउँमाथि गरेको विश्‍वासले र उहाँकै नाउँले तपाईंहरूले देखेका र जानेका यस मानिसलाई बलियो तुल्‍यायो। येशूबाट पाएको विश्‍वासले यस मानिसलाई तपाईंहरू सबैका सामुन्‍ने पूरा निको पार्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूको नाममा विश्‍वास गर्नाले नै तपाईंहरूले देख्नुभएको र चिन्‍नुभएको यो मानिस आज आफ्नै खुट्टामा उभिन सक्ने भएको छ। येशूको नाम र उहाँबाट आउने विश्‍वासका कारणले नै यो मानिस पूर्ण निको भयो, जुन कुरा तपाईंहरू देख्दैहुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
येशूमा विश्वास रहेकै कारण यो मानिस अहिले निको भयो। यस्तो हुन गएको कारण चाहिँ हामी येशूको शक्तिमा पूर्ण विश्वास राख्दछौ। येशूमा विश्वास भएको कारणले यो मानिस निको भएको छ। तिमीहरूले उसलाई देख्छौ अनि तिमीहरूले उसलाई चिन्छौ।
Nepali Tamang 2011
येशूलान मिनना शक्तिग्‍याम चु म्‍हिसे भङ याङ्जी। ह्राङनीसे म्राङ्बादेन ङोसेबा चु म्‍हिसे येशूदा विश्‍वास लबासे लमा ह्राङनी जम्‍मालान ङाच्‍छापट्टि चुदा खम्‍ना लबा मुला।