Acts 3:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्दिरको चोकमा पस्ने सुन्दर भन्ने ढोकामा एउटा जन्मैदेखिको लङ्गडो बस्दथ्यो। मानिसहरूले उसलाई दिनदिनै बोकेर त्यहीँ ल्याउँथे। उसले मन्दिरमा आउने-जाने मानिसहरूसँग भिख माग्ने गर्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मन्दिरभित्र पस्नेहरूसँग भीख माग्न जन्मैदेखिको एक जना लङ्गड़ालाई मानिसहरू बोकेर ल्याउँथे र दिनहुँ मन्दिरको सुन्दर नामक ढोकामा राखिदिन्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ जन्मैदेखिको एउटा लङ्गडो मानिसलाई बोकेर मन्दिरको सुन्दर भनिने ढोकातिर लगिँदैथियो। त्यसलाई सधैँ नै त्यस ढोकामा त्यसरी नै लगेर राखिन्थ्यो, त्यहीँ बसेर त्यसले मन्दिर जाने मानिसहरूसँग भीख माग्ने गर्दथ्यो।
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरू मन्दिर प्राङ्गण तिर गईरहेका थिए, त्यहाँ एकजना मानिस थिए। जीवनभरि नै त्यो मानिस लङ्गडो थियो। उ हिंड्न सक्तैन थियो, यसैले केही साथीहरूले उसलाई बोक्ने गर्थे र प्रत्येक दिन मन्दिरमा ल्याउने गर्थे। तिनीहरूले त्यो लङ्गडो मानिसलाई मन्दिर बाहिर एउटा ढोकाको मध्ये छेउमा राखे जसलाई सुन्दर-द्वार भनिन्थ्यो। त्यहाँ त्यस मानिसले मन्दिर जाने मानिसहरूसंग पैसा माग्ने गर्थ्यो।
Nepali Tamang 2011
परमेश्वरला मन्दिर न्हङरी वाङ्बा म्हिगदेदेन छ्याम टाङगा ह्रीगै भिसी न्हमाहेन्सेन कुज्या मुबा म्हि गिकदा म्हिगदेसे सदन परमेश्वरला मन्दिररी वाङ्बा म्रापरी भसी थान्मुबा। थे म्रापदा जेबा म्राप भिसी भिमुबा।